समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र बर्दिया गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ...
थाहा पाउनुहोस्ः आँखा पाक्ने रोगबाट कसरी बच्ने ?
हेटौंडा । पछिल्लो समय आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । स– साना उमेरका बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ । आँखा पाक्ने रोगका कारण कतिपय स्थानमा अध्ययन अध्यापन कार्य समेत प्रभावित बन्न पुगेको छ । आँखा पाक्ने रोगबाट कसरी जोगिने भनेर धेरैलाई चिन्ता भइरहेको छ ।...
मकवानपुरमा ४६ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, जसमा २३ जना पुरुष र २३ जना महिला रहेका छन् । उक्त तथ्याङ्क...
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बुधबारका लागि आह्वान गरिएको राष्ट्रिय सभा स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि आह्वान गरेका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले...
ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन...
पोखरीमा डुबेर दुई बालकको मृत्यु
कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय रामअवतार यादवका छोरा ७ वर्षीय साजन यादव र ५ वर्षीय राजन यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका मंगलबार बेलुकादेखि बेपत्तँ भएका दाजुभाइको खोजतलास गर्ने क्रममा आज...
नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको...
प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बुधबार आह्वान गरेको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको हो । एमालेले सुन प्रकरणबारे छानविन समिति गठन गर्न माग गर्दै गत साउन १० गते यता प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।...
४० हजार बालबालिकालाई खोप लगाइयो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बृहत खोज र खोप अभियान’ अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप लगाएको छ । उक्त अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए...
मकवानपुर पहिरो अपडेट : फेला परेको शव पोस्टमार्टमको लागि हेटौंडा ल्याइयो
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेको दुई जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको छ । मंगलबार फेला परेको स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी...










