प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार १६:२७
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बुधबार आह्वान गरेको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको हो ।

एमालेले सुन प्रकरणबारे छानविन समिति गठन गर्न माग गर्दै गत साउन १० गते यता प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । बुधबार बैठक पनि सुरु हुने बितिकै एमालेले उठेर विरोध गर्यो ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा तय भएका सब विषय हटाएर अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

यसअघि साउन १० गते, साउन १५ गते, साउन १६ गते, साउन २२ गते आह्वान गरेको प्रतिनिधि सभा सूचना टाँसेर स्थगित भएको थियो ।

हिजो साउन २३ गते बसेको बैठकमा आकस्मिक समय चलेको थियो भने सुन तस्करीको विषयमा संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जानकारी गराएका थिए । मंगलबार पनि प्रतिनिधि सभालाई कार्यसूचीमा प्रवेश गर्ने बेला अवरोध गरेको थियो ।