मकवानपुरमा ४६ जनामा डेंगू संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १७:३०
file-photo

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ४६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, जसमा २३ जना पुरुष र २३ जना महिला रहेका छन् । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।

जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २० जना पुरुष र २२ जना महिला गरी ४२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा १ जना महिला, मनहरी गाउँपालिकामा १ जना पुरुष, बकैया गाउँपालिकामा १ जना पुरुष, राक्सिराङ गाउँपालिकामा १ जना पुरुषमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।