समाचार

महोत्तरीमा खोलाले बगाउँदा एक जना बेपत्ता

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा मंगलबार साँझ खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी रहेका छन् । मरहा खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन्...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालय जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । मंगलबार शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको लागि निवेदन मागेको हो । जारी सूचना अनुसार, उक्त पदका लागि यही साउन २६ गते दिउसो ३ः०० बजेभित्र आफ्नो बायोडाटासहित शिक्षा, विज्ञान...

स्कुटर चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं । स्कुटर चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आजादले गत असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको...

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि...

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने गरी बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट...

जनजाति दिवसको अवसरमा सार्वजनिक विदा

विराटनगर । कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । संसारभरी अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक विदा दिइएको हो । प्रदेश...

‘नेपाल अन्तरदेशीय तस्करीको ट्रान्जिट बन्यो’

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणबारे उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका छन् । उनले नेपाल अन्तरदेशीय तस्करीका लागि ट्रान्जिट बनेको बताएका छन् । श्रेष्ठले पहिले पनि तस्करी हुँदै आएको भनेर अब चुप बस्न नसकिने बताए । सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यस...

हेटौंडामा दृष्टिविहीनको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दृष्टिविहीनको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । अनविज्ञ व्याण्ड हेटौंडाले यही साउन २७ गते हेटौंडामा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रम ‘रक फर भिजिविलिटी’ भन्ने मूल नाराको साथ हेटौंडाको एभोकाडो होटलमा आयोजना गरिने भएको आयोजक समिति सदस्य संग्राम बल लामाले...

गृहमन्त्रीको बयान लिनुपर्ने एमालेको माग

काठमाडौँ । एक क्विन्टेल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने आवाज प्रतिनिधिसभा बैठकमा उठेको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ बयान लिनुपर्ने बताएको हो । मंगलबार एमाले नेता योगेश भटराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन...