गृहमन्त्रीको बयान लिनुपर्ने एमालेको माग
काठमाडौँ । एक क्विन्टेल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने आवाज प्रतिनिधिसभा बैठकमा उठेको छ ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ बयान लिनुपर्ने बताएको हो ।
मंगलबार एमाले नेता योगेश भटराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भन्दै प्रश्न गरे ।
साथै, उनले सीआईबीले ३ महिनाअघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्तिसमेत जनाएका छन् ।
