प्रतिनिधि सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार ०८:२९
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालय जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेलगायतका कार्यसूची छन् ।

यता नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारी गरेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन ।

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागअघि सार्दै नेकपा एमालेले संघीय संसदको दुबै बैठक अवरोध गर्दै आएको छ ।