स्कुटर चोरेको आरोपमा युवक पक्राउ
काठमाडौं । स्कुटर चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० पुतलीसडक घर भएका ३० वर्षीय आजाद रायमाझी उर्फ सफल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आजादले गत असार २२ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमाबाट बा.८६ प ३०२२ नम्बरको डिओ स्कुटर चोरेको अनुसन्धानका थाहा भएको हो । उनले सफलजंग रायमाझी नामको फेसवुक पेजबाट सो स्कुटर बिक्रीमा राखेका थिए ।
बुढानिलकण्ठ बस्ने सनिषा योन्जनले ८३ हजारमा स्कुटर खरिद गरेपछि नामसारी गर्न यातायात कार्यालयमा बेलाउँदा रायमाझी फरार भएका थिए । उनले स्कुटरको नम्बर, रङ र ब्लुबुक समेत बदलेर बिक्रीमा राखेको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ परेका उनलाई कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाइएको छ ।
