हेटौंडामा दृष्टिविहीनको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दृष्टिविहीनको सहयोगार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । अनविज्ञ व्याण्ड हेटौंडाले यही साउन २७ गते हेटौंडामा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कार्यक्रम ‘रक फर भिजिविलिटी’ भन्ने मूल नाराको साथ हेटौंडाको एभोकाडो होटलमा आयोजना गरिने भएको आयोजक समिति सदस्य संग्राम बल लामाले जानकारी दिए । कन्सर्टबाट संकलित रकम ‘आर्ट एकेडेमी’ निर्माण गर्नका लागि प्रयोग गरिने उनले बताए ।
उनका अनुसार कन्सर्टमा अभय सुव्वाको सांगीतिक टोली अभय एण्ड दी स्टिम इञ्जिन, ब्लाइण्ड रक्स र दी फ्रिडम ग्रुप्सले प्रस्तुती दिनेछन् ।
कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको र टिकट विक्री धमाधम भइरहेको बताइएको छ । कार्यक्रमका लागि ब्लाइण्ड रक्स नामक गैरसरकारी संस्थाको समेत सहयोग रहेको छ ।
