समाचार
मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक
काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि पाँच श्रेष्ठ पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले बुधबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सार्वजनिक सरोकारका लागि सूची सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले...
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद
ढोरपाटन । बागलुङमा बुधबार ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । जिल्लाको हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा...
त्रिशूली नदीले बगाएको अवस्थामा महिलाको शव फेला
नुवाकोट । त्रिशूली नदीले बगाएर ल्याउने अवस्थामा नुवाकोटको दर्शनटारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको विदुर नगरपालिकास्थित दर्शनटारमा बुधबार बेलुकी त्रिशूलीले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नदीले बगाएर ल्याएको अवस्थामा महिलाको शव फेला परेपछि स्थानीयवासीले...
टेलिफोनमार्फत जिस्क्याएको निहुँमा कुटपिट, एक जनाको मृत्यु
पर्सा । पर्सामा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको निहुँलाई लिएर कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारी रहेका छन् । उक्त कुटपिट तथा झै–झगडामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय...
हत्या गरेको अभियोगमा दुई महिला पक्राउ
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् । उनीहरुलाई...
बागमतीमा आजबाट लम्पी स्कीन रोगविरुद्ध खोप अभियान सुरु
मकवानपुर । बागमती प्रदेशमा आजबाट लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाइभैसीमा तीव्र रुपमा फैलिएको लम्पी स्कीन रोगविरुद्धको खोप अभियान सुरु गर्ने भएको हो । आजबाट एक सातासम्म संचालन हुने उक्त अभियान प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु...
मकवानपुर पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ५ सिक्रेदोभानमा गत मंगलबार आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । बुधबार साँझ थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक र्कीका अनुसार,...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । गएराति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा भएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको...
हेटौंडा १५ नम्वर वडाले कृषि अनुदान दिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ ले चालु आर्थिक वर्षदेखि वडाका किसानहरुलाई कृषि अनुदान दिने भएको छ । उपमहानगरपालिकाले वडाका लागि छुट्याएको बजेटबाट किसानको मागलाई मध्येनजर गर्दै दूग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दूग्घमा २ रुपैयाँ र पशु खरिदमा वडाबाट पशु बीमा कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष सुनिल मुक्तानले...
विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने
काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भएको छ । यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो । सरकारले ३ लाख थप गरी अब १० लाख रुपैयाँ आर्थिक...









