समाचार
हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण
मकवानपुर । मकवानपुरको हेटौंडामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, बिहीबार थपिएसँगै हेटौंडामा डेंगू संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८...
कांग्रेस सांसद सुनील शर्मा पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेता सुनील शर्मालाई पक्राउ गरेको छ । शर्मालाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई के कारण पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष...
शुक्रबार बस्ने राष्ट्रिय सभाका लागि सम्भावित कार्यसूची तयार
काठमाडौं । संघीय संसद सचिवालयले शुक्रबारको लागि तय भएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । नेकपा एमालेको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको राष्ट्रिय सभा बैठक शुक्रबार पुनः बस्ने तय भएको हो । बैठक बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको हो । उक्त...
विशेष आन्तरिक अभियानमा कांग्रेस
मकवानपुर । नेपाली कांग्रेसले देशभर पार्टीको विशेष आन्तरिक अभियान सुरु गरेको छ । साउन २० गतेदेखि ३० गतेभित्र पार्टी विभिन्न एकाईं समितिको बैठक बस्ने गरी पार्टी चलायमान बनाउन विशेष आन्तरिक अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत् साउन २० र २१ गते नेपाली कांग्रेस मकवानपुरको पूर्ण कार्यसमिति बैठक बसेर अभियान...
प्रहरी श्रीमती संघद्वारा वार्षिकोत्सवको अवसरमा वृक्षारोपण
मकवानपुर । नेपाल प्रहरी श्रीमती संघले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिसरमा वृक्षारोपण गरेको छ । संघको ३९ औं वार्षिक उत्सवको अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो । संघले अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत विभिन्न प्रजातीका १२० वटा बिरुवाहरु रोपिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
५ अंकले बढ्यो नेप्से, २ अर्ब माथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से ५ अंकले बढेको छ । बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । बिहीबार नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ५५ लाख ३...
नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने पक्राउ
दाङ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक रहेका छन्...
एकैदिन प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जानकारी गराएको हो । भाउ घटेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम रहेको...
बागमतीमा सवारी कारबाहीबाट २६ करोड ३६ लाख राजस्व संकलन
मकवानपुर । बागमती प्रदेशमा सवारी साधन कारबाहीबाट रु २६ करोड भन्दा बढी राजस्व रकम संकलन गरिएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट २६ करोड ३६ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको राजस्व रकम संकलन गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ...
विपद्को घटनामा परेर ४१ जनाको ज्यान गयो
काठमाडौं । गत जेष्ठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्को घटनामा परेर ४१ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार देशभरका विभिन्न ५० जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाको ज्यान गएको हो । यस्तै, विपदमा परेर ती जिल्लाहरुमा ३१ जना बेपत्ता रहेका छन् भने...










