शुक्रबार बस्ने राष्ट्रिय सभाका लागि सम्भावित कार्यसूची तयार

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १६:३१
file-photo

काठमाडौं । संघीय संसद सचिवालयले शुक्रबारको लागि तय भएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

नेकपा एमालेको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको राष्ट्रिय सभा बैठक शुक्रबार पुनः बस्ने तय भएको हो । बैठक बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको हो ।

उक्त बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउनेछन् ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराउनेछन् भने बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुनेछ ।