समाचार

५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन्...

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयान रहेका छन् । उनीहरुलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट पक्राउ गरेको हो । चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ...

बागमतीमा ४४६७ पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशमा बिहीबार एकैदिन ४ हजार ४६७ गाईभैंसीलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत बिहीबार पहिलो दिन उक्त संख्याको गाईभैंसीलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । उक्त लम्पी स्कीन रोगविरुद्ध खोप अभियान पहिलो...

सङ्घर्षले स्थापित गराएको देवचन्द्रको पहिचान

हेटौंडा । सफलताको कथा पढ्न वा लेख्न जति आनन्द लाग्छ, सफलता प्राप्त गर्न गरेको सङ्घर्ष र त्याग उति नै सम्झन लायक हुन्छ । सङ्घर्षशील देवचन्द्र गर्तौलाले निजामती क्षेत्रमा पाएको सफलता निकै प्रेरणादायी छ । मकवानपुरको विकट गाउँ आग्रामा जन्मिएका गर्तौला हाल राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनले...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय...

बागमतीमा सवारी दुर्घटनामा परेर २९९ जनाको मृत्यु, २८९१ जना घाइते

मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २९९ जनाको मृत्यु भएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०७९–०८० कम १ हजार ३६१ वटा सवारी दुर्घटना हुँदा २९९ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, उक्त तथ्याङ्क प्रदेशको...

मकवानपुरका वनरक्षक पौड्याल एक लाख पुरस्कारसहित सम्मानित

मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरका वनरक्षक (सशस्त्र वन सुरक्षा शाखा प्रमुख) यादविन्द्र पौड्याल एक लाख रुपैयाँ पुरस्कार राशीसहित सम्मानित भएका छन् । वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन दिवसको अवसरमा आयोजनामा गरेको एक कार्यक्रमबीच उनलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरिएको हो । पौड्यालले गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार प्राप्त...

विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षरोपण

मकवानपुर । आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता...

जसपाले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपा ले उक्त घटनाबारे आफनो धारणा सार्वजनिक गर्न लागेको हो । त्यसका लागि आज अपराह्न २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने...

साउदीको जेलमा ४८० नेपाली

साउदी । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ । केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन् । जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम...