समाचार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखाको मेलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले...

राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए ।...

मकवानपुरमा १०३ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या १०३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १०३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा...

हेटौंडामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा सुरु भएको हो । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २५ जना खेलाडीको सहभागिता रहेको छ ।...

हेटौंडाबाट अवैध थाल र कचौरासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट प्रहरीले शुक्रबार बिहान अवैध कासको थाल र कचौरासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५० वर्षीय वेद कार्की रहेका छन् । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको...

पहिरोको ढुंगाले लागेर मकवानपुरमा कार्यरत प्रहरी जवानको मृत्यु

मकवानपुर । मकवानपुरमा कार्यरत प्रहरी जवान कृतिबहादुर नेपालीको शुक्रबार मृत्यु भएको छ । नेपालीको सुख्खा पहिरोमा खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए । प्रहरी उपरीक्षक रिजालका अनुसार, मृतक नेपाली जाजरकोट जिल्लाको शिवालय नगरपालिका वडा नम्बर ८ स्थाई घर भई...

जसपाद्वारा गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जसपाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेका हो । साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बिच भएको सम्झौताप्रति आपत्ति जनाएको छ...

रास्वपाका सांसदले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने भएको छ । रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गर्दै सो बारे जानकारी दिए । सभापति लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै...

अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । शुक्रबार अपराह्नका लागि आह्वान गरिएको प्रतिनिधि सभा प्रारम्भ भएको १५ मिनेटपछि सभामुख देवराज घिमिरेले साउन २९ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठक प्रारम्भ हुने बित्तिकै एमाले...

धितोपत्र बोर्डद्वारा थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पुर्याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा...