रास्वपाका सांसदले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार १५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने भएको छ ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गर्दै सो बारे जानकारी दिए ।

सभापति लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई जानकारी गराएको हो ।

उनले भने, ‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु ।’