मकवानपुरका वनरक्षक पौड्याल एक लाख पुरस्कारसहित सम्मानित

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार ०९:०६

मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरका वनरक्षक (सशस्त्र वन सुरक्षा शाखा प्रमुख) यादविन्द्र पौड्याल एक लाख रुपैयाँ पुरस्कार राशीसहित सम्मानित भएका छन् ।

वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन दिवसको अवसरमा आयोजनामा गरेको एक कार्यक्रमबीच उनलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरिएको हो । पौड्यालले गणेशबहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार प्राप्त गरेका हुन् ।

उनलाई संघीय सरकारको वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले उक्त पुरस्कार राशीसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । वनको संरक्षण, सम्वद्र्धन, दीगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, विभागका महानिर्देशक शिवकुमार वाग्लेको सहभागिता रहेको थियो ।