प्रहरी श्रीमती संघद्वारा वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १५:५८

मकवानपुर । नेपाल प्रहरी श्रीमती संघले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिसरमा वृक्षारोपण गरेको छ । संघको ३९ औं वार्षिक उत्सवको अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

संघले अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत विभिन्न प्रजातीका १२० वटा बिरुवाहरु रोपिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख लगायत ९० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।