अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेको प्रदेशले जानकारी दिएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
