नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १५:४०
फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।

सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी संचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

दुईतर्फी सडक संचालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।