एमालेको अवरोधपछि राष्ट्रिय सभा बुधबारसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १५:४०
file-photo

काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबारको बैठकमा एमालले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै अवरोध गरेपछि बुधबारसम्मका लागि राष्ट्रिय सभा स्थगित गरिएको हो ।

बैठकमा सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय दिएका थिए । सो क्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।

अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरे । उनीहरुले सोही माग गर्दै अवरोधन गर्न नछाडेपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।