राजनीति/ समाज

प्रतिबन्धित विप्लव समूहका नेता कार्की रिहा

काठमाडौं, २१ साउन । गत वर्ष ०७५ चैत १ गते पक्राउ परेका प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । प्रहरी नियन्त्रणमा रहेका कार्कीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी आईतबार रिहा भएका हुन् । सरकारले विप्लव...

राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न मिल्दैन : महतो

काठमाडौँ २० साउन । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन् । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर...

केहीदिन भित्रै मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा

काठमाडौं १९ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केहीदिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेका छन् । मन्त्री भट्टराईले आइतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री...

मसिनेबासीसँग सांसद खतिवडाको अन्तरक्रिया

मकवानपुर १९ साउन । प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले आफ्नो निर्वाचन क्षेत्रमा पुगी जनताका पीरमर्काबारे छलफल गरेका छन् । आइतबार बिहान मनहरी गाउँपालिका वडा नं ४ मसिनेमा पुगेर सांसद खतिवडाले जनताको पीरमर्का सुनेका हुन् । सांसद खतिवडासमक्ष स्थानीय युवा नेता सञ्जीव पाठक, रामहरि बिष्ट, नवराज गौतम लगायतले लामिटार र मसिने...

भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं, १९ साउन । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर गत मंगलबार दुबई गएका प्रचण्ड गएराति स्वदेश फर्किएका हुन् । प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल) ले सीताको स्वास्थ्य सामान्य रहेको बताए । दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न...

सरकार छाड्नरनछाड्नेमा समाजवादीमा अलमल

काठमाडौं । पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने/नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो। सरकारमा रहने वा छाड्ने...

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सिंगापुर प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि आज बेलुका ९ बजेर ४५ मिनेटमा सिल्क एयरमार्फत सिंगापुर जाने भएको उनको सचिवालयले जनाएको छ । ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको...

पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गिन्छ : नेता नेपाल

चितवन १७ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भइरहेको बताएका छन् । नेपालले शुक्रबार पत्रकारसँगको कुराकानीमा पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताएका हुन् । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो...

काँग्रेसको अनुशासन समितिमा देउवा र शेखर कोइरालाविरुद्ध उजुरी

काठमाडौं, १७ साउन । नेपाली काँग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेदवार मानिएका शेखर कोइरालाविरुद्ध उजुरी परेको छ । सभापति देउवाविरुद्ध स्थानीय चुनावमा भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो भने शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको...

बाढीपहिरो पीडितलाई काँग्रेसद्वारा खाद्यान्न र लत्ताकपडा सहयोग

मकवानपुर, १६ साउन । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोवर गाउँपालिकाका बाढीपहिरो पीडितलाई बिहिवार राहत स्वरूप खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । नेपाली कांग्रेस मकवानपुरले गत असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । नेपाली कांग्रेस ईन्द्रसरोवर...