सरकार छाड्नरनछाड्नेमा समाजवादीमा अलमल
काठमाडौं । पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन।
पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने/नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो।
सरकारमा रहने वा छाड्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन पार्टीभित्रबाट नेतृत्वमाथि दबाब आउने गरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म खासै प्रतिक्रिया व्यक्र गरेका छैनन् । सोही कारण यादव पक्षधर नेताहरू पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नभएको बताउँदै आएका छन्।
पार्टी स्रोतका अनुसार पार्टीको कार्यकारिणी अध्यक्ष यादव तत्काल सरकार छाड्ने पक्षमा छैनन् भने राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका केही नेताहरू पार्टीले तत्काल सरकार छाडेर प्रतिपक्षीमा बस्नुपर्ने अडानमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
