पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गिन्छ : नेता नेपाल
चितवन १७ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भइरहेको बताएका छन् ।
नेपालले शुक्रबार पत्रकारसँगको कुराकानीमा पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताएका हुन् ।
एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, ‘पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुङ्गाउनु पर्छ ।’
