प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि आज बेलुका ९ बजेर ४५ मिनेटमा सिल्क एयरमार्फत सिंगापुर जाने भएको उनको सचिवालयले जनाएको छ ।
ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ साता स्वास्थ्य परीक्षण गर्नेछन् ।
