राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न मिल्दैन : महतो

तु खबर संवाददाता
२०७६ श्रावण २०, सोमबार १६:५०

काठमाडौँ २० साउन । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराएका थिए ।

सोही विषयलाई लिएर आफुविरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उनले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मानहानी भएको बताए ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*