राजनीति/ समाज
वर्तमान सरकार सबै कुरामा असफल छ : महत
काठमाडौं १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाएका हुन्...
पत्रपत्रिका अपडेट–आफ्नै नजरमा नेकपाः नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको आजको राजधानी दैनिकमा समाचार छ । वर्गीय तथा सामाजिक...
पत्रपत्रिका अपडेट–विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग
चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति...
पत्रपत्रिका अपडेट : देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप
पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभि महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन...
पर्यटनमन्त्री भट्टराईद्वारा सपथ ग्रहण
काठमाडौं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बुधबार अपराह्न सपथ ग्रहण गरेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो पर्यटनमन्त्री नियुक्त गरेका थिए ।...
‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं’ : प्रधानमन्त्री ओली
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तथा सचिवहरुलाई सो निर्देशन दिएका हुन् । सुरुमा उपप्रधान एवम् रक्षामन्त्री...
अध्यक्ष दाहाल युएई प्रस्थान
काठमाडौँ १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित आज (मंगलबार) बिहान युएई प्रस्थान गरेका हुन् । ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको...
विप्लव कि नेकपामा आउनुपर्छ कि सिद्धिनुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन विभिन्न प्रकारको चलखेल भइरहेको बताएका छन् । यो व्यवस्थालाई उल्टाउन प्रतिक्रियावादी शक्तिहरुले यसलाई ल्याउने पार्टीका नेताहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने जस्ता प्रचारहरु गरिरहेको बताउँदै आफूलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याए पनि केही फरक नपर्ने उनले बताए...
‘भ्रष्टाचारकै कारण राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’
बुटवल १३ साउन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुने थियो भन्दै भ्रष्टाचारकै कारण मुलुकको विकासले गति लिन नसकेको बताएका छन् । सोमबार बुटवलमा आयोजित एक कार्यक्रमा बोल्दै ‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले त आत्महत्या गरे अब राजनीतिक दलका नेताहरुले...
अविलम्ब एकता प्रक्रियामा आउन राप्रपाको आह्वान
काठमाडौं १३ साउन । कमल थापा नेतृत्वको पार्टी राप्रपाले अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई...









