अविलम्ब एकता प्रक्रियामा आउन राप्रपाको आह्वान
काठमाडौं १३ साउन । कमल थापा नेतृत्वको पार्टी राप्रपाले अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
साताअघि बसेको राप्रपा (संयुक्त) को बैठकले राप्रपासँग एकता गर्नका लागि अध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी प्रदान गरेको थियो ।
बैठकले २०७७ साल जेठमा केन्द्रीय महाधिवेशनको आयोजना निर्णय गरेको जानकारी दिँदै पाठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन राप्रपाले पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे मागहरु पुरा गराउन पनि ध्यानाकर्षण गराएको छ।
