अध्यक्ष दाहाल युएई प्रस्थान

तु खबर संवाददाता
२०७६ श्रावण १४, मंगलवार १२:४४
file-photo

काठमाडौँ १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित आज (मंगलबार) बिहान युएई प्रस्थान गरेका हुन् ।

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*