राजनीति/ समाज

बकैयामा जनप्रतिनिधिलाई नेकपाको कडा चुनौति, यस्तो गरियो माग

मकवानपुर, ३० जेठ । जनप्रतिनिधिहरु भ्रष्टाचारी र कमिसनखोरी जनप्रतिनिधिलाई खारेज गर्दै जनसत्ता संचालनमा रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बकैया गाउँपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ । नेकपाका बकैया इन्चार्ज प्रल्हादले बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई बुधबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा...

हेटौँडामा काँग्रेसीजनको दौडधुप शुरु, जिल्ला सभापतिहरुको भेला तयारी तिब्र

मकवानपुर, २९ जेठ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीका लागि मकवानपुरको हेटौँडामा दौडधुप शुरु भएको छ । आउँदो असार ५, ६ र ७ गते ३ नम्बर प्रदेश राजधानी हेटौँडामा हुने भेलाको तयारी तिब्र पारिएको हो । भेलाका लागि विभिन्न समिति गठन गरेर प्रचारप्रसार तथा तयारी तिब्र गतिमा...

योजना मन्त्री ढुङ्गेलको हेटौँडामा उद्घोष–गल्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही हुन्छ

मकवानपुर, २८ जेठ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गल्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही हुने बताएका छन् । आइतबार मकवानपुर उद्योग बाणिज्य संघ र सनराइज बैंक हेटौंडाको संयुक्त आयोजनामा भएको आधारभूत लेखा तथा कर नीति अभिमुखिकरण तालिमको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री...

वास्तविक गरिबको पहिचान गर्न आवश्यक–मुख्यमन्त्री गुरुङ

पोखरा, २८ जेठ (रासस) । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आईतबार आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा उहाँले गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यक भएको बताउनुभयो ।...

यसरी हुँदैछ प्रेस चौतारी र प्रेस सेन्टरको एकता प्रकृया

काठमाडौँ, २८ जेठ (रासस) । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आईतबार जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र...

नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार तयार गरिने निर्णय, एआइजीको दरबन्दी कटौती

काठमाडौँ, २८ जेठ (रासस) । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आईतबारको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले...

शान्ति सुरक्षाप्रति जनताको विश्वास जागेको छ–गृहमन्त्री बादल

काठमाडौँ, २८ जेठ (रासस) । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आईतबारको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई...

प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने प्रचण्डको दाबी

विराटनगर, २७ जेठ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २...

राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौँ, २७ जेठ (रासस) । राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली,...

प्रदेश १ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँ

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिए । उनले राजनीतिक...