नेकपामा विभाग मोहको उल्झन

तु खबर संवाददाता
२०७६ श्रावण १२, आईतवार ०७:४१

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२ विभागमध्ये ६ वटामा चारवटा पूर्व एमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ ।

२०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए ।

२०६४ सालमा भएको संविधासभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ सालपछि पनि विदेश विभाग प्रमुख भएका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनलाई नै बनाउने तयारी छ ।

२०४९ सालमा तत्कालिन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एक पटक विदेश विभाग प्रमुख भइसकेका छन् ।

एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ । आजको नागारिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*