नेकपा सचिवालय बैठक तेस्रोपटक स्थगित

तु खबर संवाददाता
२०७६ श्रावण १२, आईतवार १५:२५
file-photo

काठमाडौं १२ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ ।

स्कुल विभागको नेतृत्वमा सहमति नजुटेपछि आज (आइतबार) बस्ने भनिएको नेकपा बैठक पुनः स्थगित भएको हो ।

अर्को बैठक सोमबार दिउँसो ३ बजेको लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि पनि स्कुल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक दुई पटकसम्म स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*