राजनीति/ समाज

साझा पार्टीद्वारा ७ केन्द्रीय सदस्य मनोनित

काठमाडौं ५ साउन । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहनुभएको पार्टी प्रवक्ता डा...

नेकपाले टुंगो लगायो ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज, नामावली साँझसम्म सार्वजनिक गर्ने

काठमाडौं ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो हो । उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले...

कांग्रेसले महाधिवेशन प्रतिनिधिको लागि दुईदिने प्रशिक्षण सञ्चालन गर्ने

मकवानपुर, ५ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन १६ गतेदेखि महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । आइतबार बसेको बैठकले ७ प्रदेशका...

सचिवालय बैठकअघि नै पूर्वमाओवादी नेताहरुबीच छलफल

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आईतबार) सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुनेछ । यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि...

वी.पी.को ३७ औं स्मृति दिवसको अवसरमा नेविसंघ र वर्तमान विषयक अन्तरक्रिया

मकवानपुर ४ साउन । विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत नेपाल विद्यार्थी संघ मकवानपुरले शनिबार हेटौंडामा वी.पी. र बर्तमान विषयक अन्तरक्रिया गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको सभाध्यक्षतामा...

नेकपाको सरकारले जनताको काम गर्न सकेन : नगर सभापति पराजुली

मकवानपुर, ३ साउन । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि काम गर्न नसकेको, आफै बरालिएको र गालीगलौचमा सीमित भएको भन्दै गरिव र विपन्नको...

पूर्वमन्त्री तथा कांग्रेस नेता बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति सहकारीमा

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न...

काँग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवाहरुलाई जनही २५–२५ हजार दिने

मकवानपुर २ साउन । नेपाली काँग्रेस मकवानपुरले हालै अविरल वर्षाका कारण बाढीपहिरोमा परि ज्यान गुमाएका मकवानपुरका ५ जनाको परिवारलाई जनही २५–२५ हजार दिने निर्णय गरेको छ । काँग्रेस मकवानपुरको आज (बिहिबार) बसेको जिल्ला कार्यसमितिको बैठकले वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई जनही २५–२५ हजारका दरले राहतस्वरुप प्रदान गरिने निर्णय...

नेकपामा प्रमुख बन्न कुदाकुद

पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले...

माओवादी जनमुक्ति सेना पार्टीद्वारा बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारजनप्रति समवेदना प्रकट (विज्ञप्तिसहित)

मकवानपुर १ साउन । नेपालमा हालै आएको वर्षाका कारण आएका बाढीपहिरो र डुवानमा परि मृत्यु हुने मृतकको परिवारजनप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपाल केन्द्रीय समितिले समवेदना प्रकट गरेको छ । उक्त पार्टीले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै बाढीपहिरो र डुवानबाट बेपत्ता भएकाहरुको...