वी.पी.को ३७ औं स्मृति दिवसको अवसरमा नेविसंघ र वर्तमान विषयक अन्तरक्रिया

तु खबर संवाददाता
२०७६ श्रावण ४, शनिबार १५:२३

मकवानपुर ४ साउन । विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत नेपाल विद्यार्थी संघ मकवानपुरले शनिबार हेटौंडामा वी.पी. र बर्तमान विषयक अन्तरक्रिया गरेको छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको सभाध्यक्षतामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा प्रमूख अतिथि बानियाँले वी.पी. कोईराला साहित्यकार मात्र नभएर मूर्धन्य राजनेता भएको बताउँदै उनकै योगदानबाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको बताए ।

नेता बानियाँले आजको नेपाली काँग्रेसले यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई–दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल गरेर २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिई पूनः ०६२–६३ सालको आन्दोलन गरि वीपीका भाइ गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा राजा फालेर लोकतान्त्रिक गणतन्त्रमा देशलाई पुर्‍याउन सफल भएको बताए ।

त्यस्तै नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले वी.पी. कोईरालाले देश र जनताप्रति गरेको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा कृषि तथा वन संकाय हेटौंडाका प्रमुख बलराम भट्ट, प्रजातान्त्रिक प्रध्यापक संघ मकवानपुरका सहसचिव श्रीहरि भट्टराई, वनविज्ञान हेटौंडा क्याम्पस प्रमुख विजयकुमार यादव, निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुभाष कँडेल, प्रजातान्त्रिक प्रध्यापक संघ मकवानपुर क्याम्पसका अध्यक्ष उमेश अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*