राजनीति/ समाज
कांग्रेसमा १५१ जनालाई कारवाही गरिने
एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १ सय ५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १ सय २८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहट र दैलेख...
कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं ७ साउन । नेपाली कांग्रेसले गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई...
काँग्रेस मकवानपुरद्वारा मृतक बलामीको परिवारलाई २५ हजार सहयोग
मकवानपुर, ७ साउन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी थाहा नगरपालिकाकी १२ वर्षिया बालिका सञ्चना बलामीको परिवारलाई राहतस्वरूप २५ हजार सहयोग गरेको छ । मंगलबार काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमबीच बलामीको घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गरेकी हुन् । बालिका बलामीको...
स्थानीय सरकारका दुई वर्षः कार्यकर्ता पोस्दै ठिक्क
विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन् । त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो । दुई वर्ष यता भने स्थिति फेरिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन् । तर गत दुई...
राजनीतिक दस्तावेजः अमेरिका र भारतप्रति नेकपा नरम
सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो । राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार...
मकवानपुर क्याम्पसमा विद्यार्थीमाथि कुटपिट भएकोमा नेविसंघको आपत्ति
मकवानपुर, ०६ साउन । मकवानपुर बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले क्याम्पसमा प्राध्यापकबाट विद्यार्थीमाथि कुटपिट भएको भन्दै आपत्ति जनाएको छ । आज इकाई अध्यक्ष उमेशलाल स्याङतानले विज्ञप्ती निकालेर गुन्डागर्दी शैलीमा विद्यार्थीमाथि भएको आक्रमण र धम्कीको विरोध गरेका छन् । हिजो ५ गते क्याम्पसमा यस्तो घटना हुनु र त्यसपछि स्ववियूको कार्यालयमा...
मिडिया विधेयक परिमार्जन नगरे सरकारविरुद्द आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी
काठमाडौं ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । वीपी जयन्तीको अवसर पारेर सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा...
नेकपाले टुंगो लगायो जिल्ला इन्चार्ज र सह–इन्चार्ज, मकवानपुरको इन्चार्ज खतिवडा
मकवानपुर ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । मकवानपुर जिल्लामा भने प्रतिनिधी सभा सदस्य विरोध खतिवडा इञ्चार्ज, कुमारी मोक्तान...
चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको...
कांग्रेसद्वारा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण
मकवानपुर ५ साउन । नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आज बिहान हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । जननायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज (आईतबार) विहान कांग्रेस मकवानपुरले हेटौंडा अस्पतालमा रहेका २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरिएको हो । नेपाली कांग्रेस ३ नम्बर...










