कांग्रेसद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०७६ श्रावण ७, मंगलवार १६:५७

काठमाडौं ७ साउन । नेपाली कांग्रेसले गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

साथै कांग्रेसले घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

गएराति पहिरो जाँदा एकै घरका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*