मकवानपुर क्याम्पसमा विद्यार्थीमाथि कुटपिट भएकोमा नेविसंघको आपत्ति

तु खबर संवाददाता
२०७६ श्रावण ६, सोमबार १७:३४

मकवानपुर, ०६ साउन । मकवानपुर बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले क्याम्पसमा प्राध्यापकबाट विद्यार्थीमाथि कुटपिट भएको भन्दै आपत्ति जनाएको छ ।

आज इकाई अध्यक्ष उमेशलाल स्याङतानले विज्ञप्ती निकालेर गुन्डागर्दी शैलीमा विद्यार्थीमाथि भएको आक्रमण र धम्कीको विरोध गरेका छन् । हिजो ५ गते क्याम्पसमा यस्तो घटना हुनु र त्यसपछि स्ववियूको कार्यालयमा भएको तोडफोडप्रति नेविसंघले खेद प्रकट गरेको छ ।

तर, हचुवाको भरमा विद्यार्थीलाई निस्काशन गर्ने कार्य तुरुन्त खारेज गर्न नेविसंघले माग गरेको छ । घटनाको छानविन गर्न पनि नेविसंघ क्याम्पस इकाई समितिले माग गरेको छ ।
यसअघि प्रध्यापकहरुको मर्यादामाथि आघात पर्ने काम गरेको भन्दै क्याम्पसले विवेक हटुवाल र सुजल चौलागाईंलाई निस्काशन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*