राजनीति/ समाज
बाढीपहिरो : क्षति, राहत र उद्दारबारे बुझ्न मन्त्री र सांसदको टोली मधेशमा
काठमाडौं १ साउन । बाढीपहिरोले पुर्याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गएको छ । राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ,...
नेकपाको मकवानपुर इञ्चार्जमा मोक्तान
मकवानपुर १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुर इञ्चार्जमा कुमारी मोक्तान चयन भएकी छिन् । मंगलबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकबाट मकवानपुर इन्चार्जमा मोक्तान चयन भएकी हुन् । तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लामा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने...
पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लाग्छ : प्रचण्ड
काठमाडौं ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने बताएका छन् । अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल...
संसदीय समितिको बैठक स्थगित गर्न काँग्रेसको माग
काठमाडौं ३१ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद डा.डिला संग्र्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको...
प्राकृतिक विपदको सबैले एकजुट भएर सामना गर्नुपर्छ : मन्त्री यादव
जनकपुर ३१ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्राकृतिक विपदको सबैले एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । प्रेस संगठन नेपाल धनुषाको आयोजनामा मंगलबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले वर्षातको सिजन भर्खरै सुरुवात भएकाले सम्भावित जोखिम तथा राहत वितरणका...
प्रदेश–३ को योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा
मकवानपुर ३१ असार । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । डा. देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल लगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका...
प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल
पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक...
नेपाली काँग्रेसका सांसदले बाढी पीडितलाई ५ दिन बराबरको तलब सहयोग गर्ने
काठमाडौँ ३० असार । नेपाली काँग्रेसका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप पाँच (५) दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । काँग्रेसका तर्फबाट...
सांसद यादवले दिए बाढी पीडितलाई एक महिनाको तलब
काठमाडौं ३० असार । समाजवादी पार्टी, नेपालका पर्सा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बाढी पीडितलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । उनले सोमवार एक विज्ञप्ति जारी गर्दै संसदबाट पाउने एक महिनाको तलब पर्सा जिल्ला विपद व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।...
संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
काठमाडौं ३० असार । प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबारे संसदमा छलफल गरौं भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका छन् । संसदको सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । सो बैठक स्थगित गरिएको भन्दै सभापति देउवाले सञ्चारकर्मीहरुसँग कुरा...










