प्राकृतिक विपदको सबैले एकजुट भएर सामना गर्नुपर्छ : मन्त्री यादव

तु खबर संवाददाता
२०७६ असार ३१, मंगलवार १२:३३
फाइल फोटो

जनकपुर ३१ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्राकृतिक विपदको सबैले एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् ।

प्रेस संगठन नेपाल धनुषाको आयोजनामा मंगलबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले वर्षातको सिजन भर्खरै सुरुवात भएकाले सम्भावित जोखिम तथा राहत वितरणका लागि सबै राजनीतिक दलसहितका सर्वदलीय समिति गठनको आवश्यकता रहेको बताए ।

डुबान र बाढीले प्रत्येक वर्ष व्यापक जनधनको क्षति हुँदै आएकाले यसको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*