संसदीय समितिको बैठक स्थगित गर्न काँग्रेसको माग

तु खबर संवाददाता
२०७६ असार ३१, मंगलवार १५:२२
file-photo

काठमाडौं ३१ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद डा.डिला संग्र्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् ।

उनले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गरिन् ।

काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गरे । उनले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ पनि समितिकी सभापति श्रेष्ठको ध्यानाकर्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*