नेकपाले टुंगो लगायो ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज, नामावली साँझसम्म सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०७६ श्रावण ५, आईतवार १६:२९

काठमाडौं ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो हो ।

उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले सार्वजनिक गर्नेछ ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*