अहिले पनि संसारमा धनी र गरिबीचको खाडल फराकिलो छ : प्रचण्ड

तु खबर संवाददाता
२०७६ श्रावण ९, बिहीबार १४:२६
file-photo

मकवानपुर, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण नहुने बताए ।

उनले भने, ‘अहिले पनि संसारमा धनी र गरिबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने अवसर र चुनौती दुवै रहेको बताए ।

प्रचण्डले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*