समाजवाद निर्माणका लागि ‘समृद्ध नेपालः सुखी नेपाली’
काठमाडौँ १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पारेका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।
उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
