पर्यटनमन्त्री भट्टराईद्वारा सपथ ग्रहण
काठमाडौं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बुधबार अपराह्न सपथ ग्रहण गरेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो पर्यटनमन्त्री नियुक्त गरेका थिए ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।
