‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं’ : प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७६ श्रावण १५, बुधबार १४:३१
फाइल तस्बिर

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तथा सचिवहरुलाई सो निर्देशन दिएका हुन् ।

सुरुमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् ।’

स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं । पिछडिएको देश, गरिब देश भन्नु परेको छ । नकारात्मक चिजहरु विकास भएका छन् । आर्थिक विकासमा पछाडि पर्नु परेको छ । जनताले यो सब बदल्न बहुमत दिएका छन् ।’

उनले अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको बरु सहयोगअनुसार काम हुन नसकेको पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*