काँग्रेसको अनुशासन समितिमा देउवा र शेखर कोइरालाविरुद्ध उजुरी
काठमाडौं, १७ साउन । नेपाली काँग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेदवार मानिएका शेखर कोइरालाविरुद्ध उजुरी परेको छ ।
सभापति देउवाविरुद्ध स्थानीय चुनावमा भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो भने शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीहरु दुबैविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो ।
काँग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ ।
