केहीदिन भित्रै मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने पर्यटनमन्त्री भट्टराईको घोषणा

तु खबर संवाददाता
२०७६ श्रावण १९, आईतवार १८:४२
file-photo

काठमाडौं १९ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले केहीदिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले आइतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने पनि बताए ।

बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*