भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
काठमाडौं, १९ साउन । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर गत मंगलबार दुबई गएका प्रचण्ड गएराति स्वदेश फर्किएका हुन् ।
प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल) ले सीताको स्वास्थ्य सामान्य रहेको बताए ।
दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
