प्रतिबन्धित विप्लव समूहका नेता कार्की रिहा
काठमाडौं, २१ साउन । गत वर्ष ०७५ चैत १ गते पक्राउ परेका प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका कार्कीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी आईतबार रिहा भएका हुन् ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका उच्चस्तरका नेता पक्राउ परेका छन् । कार्की यीमध्ये रिहा हुने पहिलो नेता हुन् ।
