राजनीति/ समाज

दिवंगत जसपा जिल्ला नेता तामाङप्रति श्रद्धाञ्जली अर्पण

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) मकवानपुरद्वारा उक्त पार्टीका दिवंगत जिल्ला नेता माइला तामाङप्रति आइतबार श्रद्धञ्जाली अर्पण गरेका छन । २१ औं दिनको पुण्य तिथी एवम् घेवा (किरिया) का दिन मृतकको घरमा पुगेर जसपाका नेताहरुले शोकको घडिमा परिवारलाई धैर्यधरण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित समवेदना प्रकट गरेका छन् ।...

हेटौँडामा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणको लागि प्रदेश सरकारको १ करोड

मकवानपुर । बागमती प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्ड हेटौँडाले आगामी असारको दोस्रो हप्ताभित्रै हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा विद्युतीय बसको लागि चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । उक्त चार्जिङ स्टेशन निर्माणको लागि बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजित गरिसकिएको सो बोर्डका कार्यकारी निर्देशक जगदिश...

वाइसियल मनहरीको अध्यक्षमा रुम्बा

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसियल) नेपाल मनहरी गाउँ कमिटी को गठन गरेको छ । शनिबार मनहरीको भेला तथा शिक्षण कार्यक्रममा कृष्ण रुम्बाको संयोजकत्वमा २७ कमिटी गठन गरेको हो । भेलाले उपध्यक्षमा विरेन्द्र गोपाली, ऋषी बर्ताैला, सचिव सुजन लामा, सहासचिव प्रमिला परियार, कोषध्यक्ष शान्ति थिङ...

नेकपा एमाले मकवानपुरले संगठन विस्तार तथा कमिटी निर्माण अभियान सञ्चालन गर्ने

मकवानापुर । नेकपा एमाले मकवानपुरल जिल्ला डेढ महिने संगठन विस्तार तथा पार्टी कमिटी निर्माण अभियान सञ्चालन गर्ने भएको छ । अध्यक्ष मुनु सिग्देलको अध्यक्षमा भएको जिल्ला बैठकले यस्तो निर्णय गरेको हो । ‘जेठ १५ सम्ममा वडा तहमा समेत पार्टी कमिटीहरु गठन गरिनेछ, जनसंगठनका जिल्ला, क्षेत्र र पालिकास्तरका भेलाहरु हुनेछन्,’...

बागमती प्रदेशः ३२ वटा पक्कमी पुल निर्माण

मकवानपुर । बारामती प्रदेश सरकार गठनपछि ३ वर्षमा भौतिक पूर्वाधार विकासमा परिवर्तन आएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा पक्की पुल र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको छ। प्रदेशका १३ वटै जिल्लामा सडक र पुल निर्माणमा प्राथमिकतासाथ काम गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले...

मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । मुख्यमन्त्री पौडेलले आज सोमबार काठमाडौंमा बैठक बस्ने गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार, प्रदेशसभा सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा छलफल...

हेटौंडा १२ मा नेकपा माओवादी केन्द्रको कार्यालय स्थापना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार एक कार्यक्रमबीच वडा पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट...

मुख्यमन्त्री पौडेलद्वारा ट्राफिक प्रहरी भवन, चौकी र ब्यारेक उद्घाटन

मकवानपुर । हेटौँडामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटेको भवन र व्यारेकको आज आइतबार उद्घाटन भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्थाङमा नव निर्मित ट्राफिक प्रहरी भवन, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेमा रातोमाटे चौकी र व्यारेकको...

हेटौंडाका विभिन्न वडामा माओवादीको पार्टी कार्यालय उद्घाटन

मकवानपुर । नेकपाभित्र चुलिएको विवादसँगै सर्वोच्च अदालतको निर्णयले दुई पार्टी ब्युँतिएपछि एमाले र माओवादी पार्टीको छुट्टाछुट्टै कार्यालय सञ्चालन हुने क्रम जारी छ । यसै क्रममा शनिबार नेकपा (माओवादी केन्द्र) ले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा वडा पार्टी कार्यालय उद्घाटन गरेको छ । शनिबार हेटौँडा उपमहानगरपालिका–८ को पार्टी कार्यालय पार्टीका जिल्ला...

तरुन दल हेटौँडा–८ को आयोजनामा रक्तदान कार्यक्रम

मकवानपुर । स्व.प्रल्हाद चौलागाईको स्मृति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तरुणदल हेटौँडा उपमहानगरपालिका वडा नं ८ को आयोजनामा स्व. निवर्तमान अध्यक्ष चौलागाईको स्मृतिमा रक्तदान सम्पन्न भएको हो । कार्यक्रम तरुणदल हेटौँडा–८ का अध्यक्ष राम थापाको अध्यक्षता एवम् नेपाली कांग्रेस...