राजनीति/ समाज
स्थापना दिवसको अवसरमा बाल गृहलाई स्वास्थ्य सामग्रीसहित नगद सहयोग
मकवानपुर । बसामाडी जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा हेटौँडाको एक बाल गृहलाई स्वास्थ्य सामग्रीसहित नगद सहयोग हस्तान्तरण गरेको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सन् १९९९ मा स्थापना भएको बसामाडी जेसीजको स्थापना दिवस अवसरमा हेटौँडा–५ रहेको ‘हाम्रो घर’ बाल गृहलाई कोरोना...
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकबाट यातायात प्रवाह सम्बन्धी राजश्व २०७८ स्वीकृत
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्युतीय माध्यमबाट यातायात प्रबाह सम्बन्धी राजश्व २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ संक्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट...
वडाध्यक्ष बानियाँद्वारा सामुदायीक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष राजेश बानियाँले सामुदायीक प्रहरी सेवा केन्द्र हेटौँडा–९ पशुपतिनगरलाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । वडाध्यक्ष बानियाँले आफ्ना स्वगीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेनद्रबहादुर बानियाँको स्मृतिको अवसरमा सामुदायी प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष बानियाँले नागरिकका हरेक...
हेटौँडाको विजय राइस मिललाई अनुगमन स्थलमा नै ५० हजार जरिवाना
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–२ हेडम्वी हाइटमा संचालनमा रहेको विजय राइस मिललाई ५० हजार जरिवान गरिएको छ । उक्त मिलमा सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीवी शर्माको नेतुत्वमा रहेको अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र बिना व्यवसाय संचालन तथा अरुको व्राण्डलाई पुनः प्याकिङ्ग गरी विक्री/वितरण...
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठक सुरु, लकडाउन गर्ने संभावना उच्च
मकवानपुर । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक सुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, जिल्ला र प्रदेशका सुरक्षा निकायका...
मकवानपुरका ४९७ कोरोना संक्रमित कहाँ छन्, स्वास्थ्य कार्यालयको हाकिम सा’बलाई थाहा छैन
मकवानपुर । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढीरहेको छ । शनिवारसम्म मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ । हेटौँडा अस्पतालले संचालन गरेको कोभिड वार्डको भेन्टिलेटरमा हाल २ जना र एचडियुमा १२ जना कोरोनाका संक्रमितहरु उपचाररत रहेका छन् भने हेटौँडा–६ स्थित गौरिटार रंगशालामा रहेको आइसोलेशनमा १३...
मकवानपुरमा निषेधाज्ञा जारी गर्नुपर्ने आवश्यकता, ४ बजे बैठक
मकवानपुर । मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ नाघेको छ । मकवानपुरमा शुक्रबार एकैदिन १७७ जनामा कोरोना संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको हो । हाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५२४ पुगेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै मकवानपुरमा कूल १ हजार ६ सय ५० जनाको...
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो
मकवानपुर । निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगले आगामी जेठ ६ गते हुने उक्त उपनिर्वाचनको लागि हेटौँडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगका प्रवक्ता श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै...
प्रदेशकी पहिलो महिला मन्त्रीको राजनीतिक यात्रा
मकवानपुर । सरस्वती बस्नेत बागमती प्रदेशकी पहिलो महिला मन्त्री बनेकी छिन् । बागमती प्रदेश सरकारले प्रदेशकी पहिलो महिला मन्त्रीमा बस्नेतलाई नियुक्त गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानुन ङ्केमन्त्रीमा कोपाबराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका थिए...
आर्थिक मामिला मन्त्रालयद्वारा बजेट निर्माणको तयारी तीब्र
मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा योजना कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको छ । नीति योजना तथा बजेट ल्याउने तयारीमा मन्त्रालयले तीव्रताका साथ काम अघि बढाएको सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन् । चालु आव ०७७/०७८ मा...










