मकवानपुरमा थपिए १११ जना कोरोना संक्रमित, सबैभन्दा धेरै हेटौँडाका

तु खबर संवाददाता
२०७८ बैशाख २७, सोमबार १५:१४
filr-photo

मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन १ सय ११ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना कोरोना संक्रमित थपिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उनका अनुसार, संक्रमण पुष्टि हुनेहरुमा ५४ जना महिला र ५७ जना पुरुष रहेका छन् ।

सोमबार थपिएको संक्रमितमध्ये सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । हेटौँडामा सोमबार एक सय जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा–५ का २९ जना, हेटौंडा–४ का १९ जना, हेटौंडा–६ का १० जना, हेटौंडा–१ का ६, हेटौंडा–२ का ८ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ५ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१० का ७ जना, हेटौंडा–११ र १२ का २÷२ जना, हेटौंडा–१९ का १ जना रहेका छन् भने हेटौंडा घर भएका अर्का एक जना संक्रमितको भने वडा खुल्न नसकेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।

्त्यस्तै, संक्रमण पुष्टि हुनेहरुमा बाहिरी जिल्लाका २ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना र मनहरी गाउँपालिकाका ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*